नेपालमा महाशिवरात्रि पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रिको बेला काठमाण्डूको पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। तर
पशुपतिनाथको भिडको गाथा अर्कै छ। अरु मठ मन्दिरमा हुने भिडसँग महाशिवरात्रिको बेला पशुपति क्षेत्रमा हुने भिडको तुलना हुन नसक्ला।