कुराको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा प्रवेशSandesh
Image क्यामरुनको डफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा विहीबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा रुपन्देही एघारलाई २-० गोलअन्तरले पराजित गर्दै डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
-१
जबाफ
६१० हेरिएको
२ बर्ष अघि
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
Image धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
जबाफ
१०३१ हेरिएको
२ बर्ष अघि
टोटेनह्याम च्याम्पियन्स लिगको क्वाटरफाइनलमाAnusha
Image जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० ले स्तब्ध पार्दै इङ्लिस क्लब टोटेनह्याम च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ३–०को जित निकालेको टोटेनह्याम दोस्रो लेगमा १–० ले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गर्यो।
-१
जबाफ
४७७ हेरिएको
२ बर्ष अघि
रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरियोAnusha
Image साविक विजेता रियल मड्रिड युरोपिएन च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। युरोपको सर्वाधिक १३ पटकको विजेता रियल मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब आयाक्सँग ४–१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।
-१
जबाफ
४३४ हेरिएको
२ बर्ष अघि
कोमलबहादुर पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डAnkit
Image क्रिकेट खेलाडी संघले आयोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कोमलबहादुर पाण्डेलाई दिइएको छ । नेपाली क्रिकेटमा लामोसमयसम्म जीवन विताएका पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।
जबाफ
२५२ हेरिएको
२ बर्ष अघि
रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडीAnkit
Image रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे ।
जबाफ
२५९ हेरिएको
२ बर्ष अघि
सीता राना मगरले जितिन् उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्डAnkit
Image एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड सीता राना मगरले जितेकी छन् । उनले महिला क्रिकेट टीमको कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाएकी छन् ।
जबाफ
२१३ हेरिएको
२ बर्ष अघि
क्रिकेट रंगशाला निर्माणस्थलमा जुटे धुर्मुसPrajwal
Image भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रारम्भिक काम सुरु भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने रंगाशालाको औपचारिक शिलान्यास नभएपनि विभिन्न प्रारम्भिक काम थालिएको हो । अहिले धमाधम साइट अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ ।
जबाफ
२१३ हेरिएको
२ बर्ष अघि
Сварочное оборудование KEMPPIBacklinkspro
КУПИТЬ СВАРОЧНОЕ ОБОРУДОВАНИЕ KEMPPI У ОФИЦИАЛЬНОГО ДИЛЕРА В каталоге молодой, быстро развивающейся компании СПАРК представлены сварочные аппараты Kemppi различных моделей. Имя для рынке сварочного оборудования существует уже исстари и предлагает оригинальную продукцию с идеальным соотношением цены и качества. Официальный дилер бренда Кемппи – обеспечение, сколько клиенты получат коллекция сообразно ценам через производителя. У комплектов оборудования грызть однако сертификаты качества и аналогичность нормам безопасности и качества. ООО «Спарк» работает с финским производителем напрямую. Поэтому его клиенты получают возможность обещать аппараты для проведения...पूरा अंश
जबाफ
२१४ हेरिएको
२ बर्ष अघि
फुटबलका बादशाह 'मेस्सी'Makalu
Image अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले पुनः एकपटक आफु अझै फुटबलको स्टार नै रहेको प्रमाणित गरेका छन्। ३१ वर्षीय मेस्सीले शनिबार राती ला लिगा अन्तर्गत सेभिल्लासँग भएको खेल मात्रै जिताएनन् उनले करियरकै अर्को चमत्कारीक खेल कौशलसमेत प्रदर्शन गरे। बार्सिलोना २–१ ले पछि परेको अवस्थामा उनले ह्याट्रिक पुरा गर्दा त्यो उनको खेल जीवनकै ५० औं ह्याट्रिक बन्न पुग्यो।
जबाफ
२३४ हेरिएको
२ बर्ष अघि
चेल्सीका गोलकिपर केपामाथि कारबाहीMakalu
Image चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ। एफए कप फुटबल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा प्रशिक्षक माउरीजियो सार्रीको निर्देशनलाई नमानेका गोलकिपर केपालाई कारवाही गरिएको हो। सिटीविरुद्ध सार्रीको निर्देशनलाई अटेर गर्दै केपाले रिप्लेस हुन मानेका थिएनन्।
जबाफ
२३१ हेरिएको
२ बर्ष अघि
आर्सनलको सहज जित, लिभरपुललाई युनाइटेडले बराबरीमा रोक्योRoshan
Image आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित हात पारेको छ । आइतबार राति आफ्नै मैदानमा भएका खेलमा आर्सनलले साउथहृयाम्पटनलाई २-० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा हेनरिख खितरयान र एलेक्जेन्डर लेकाजेटले समान १-१ गोल गरे ।
जबाफ
२२६ हेरिएको
२ बर्ष अघि
टी-२० क्रिकेट : भारतमाथि अष्ट्रेलियाको रोमाञ्चक जितRoshan
Image भारत भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो टी-२० क्रिकेट खेलमा घरेलु टोलीमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार राति सम्पन्न भएको खेलमा अष्ट्रेलियाले भारतलाई तीन विकेटले पराजित गरेको हो । १२७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो ।
जबाफ
२३० हेरिएको
२ बर्ष अघि
एमबाप्पे नायकत्वमा पीएसजीको सहज जितPrajwal
Image पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे भने क्रिस्टोफर नेकुन्कुले गोल गरे ।
जबाफ
२३१ हेरिएको
२ बर्ष अघि
मेस्सीको ५०औं ह्याट्रिक, बार्सिलोनाको सहज जितAyush
Image कप्तान लियोनल मेस्सीले बार्सिलोनाका लागि ५०औं ह्याट्रिक गोल गरेका छन् । उनकै ह्याट्रिक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले सेभियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । मेस्सीले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले एक थपे । यता, सेभिया लागि जेसस नाभास र गाब्रियल मेर्काडोले समान १–१ गोल गरे ।
जबाफ
१९४ हेरिएको
२ बर्ष अघि
हजरातुल्लाको १६२ रनसँगै बन्यो टी–२० चार रेकर्डAyush
Image टी–२० क्रिकेटकै ठूलो स्कोर, टी–२० मा व्यक्तिगत सर्वाधिक दोस्रो स्कोर र सर्वाधिक छक्का, नि टी–२० क्रिकेटकै सबैभन्दा ठूलो साझेदारी । राजिव गान्धी क्रिकेट स्टेडियममा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले हराउँदा बनेको रेकर्ड हो यो । जितको नायक रहे हजरातुल्ला जजाई
जबाफ
२४२ हेरिएको
२ बर्ष अघि
किरण चेम्जोङले रवीन्द्र अधिकारीलाई भने : मन्त्रीज्यू , रंगशाला चाँडै बनाइदिनुस्Anusha
Image पोखरामा आयोजित आहा रारा गोल्ड कप फुटवलको उद्घाटनमा राष्ट्रिय फुटबल टिमका गोल रक्षक किरण चेम्जोङ सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै उनलाई आयोजक साहारा क्लबले सम्मान गरेको हो ।पर्यटनमन्त्री रवीन्द्र अधिकारले चेम्जोङलाई सम्मान पत्र र दोसल्ला ओदाएर सम्मान गरे ।
जबाफ
२३३ हेरिएको
२ बर्ष अघि
चेल्सी युरोपा लिगको प्रि-क्वार्टरफाइनलमाAnusha
Image चेल्सी युरोपा लिग फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति आफ्नै मैदानमा युरोपा लिगअन्तर्गत अन्तिम ३२ को दोस्रो लेगमा माल्मोलाई ३–० गोलअन्तरले पराजित गर्दै चेल्सी अन्तिम १६ मा स्थान बनाएको हो । चेल्सीले पहिलो लेग र दोस्रो लेगमा गरी समग्रमा ५–१ को जित निकाले ।
जबाफ
१८६ हेरिएको
२ बर्ष अघि
च्याम्पियन्स लिग : एट्लेटिको मड्रिडसँग युभेन्टस स्तब्ध, चलेनन् रोनाल्डोAyush
Image स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा घरेलु टोल एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसलाई २–० गोलअन्तरले पराजित गरेको हो । एट्लेटिको मड्रिडको जितमा जोसे मारिया गिमिनेज र डिएगो गोडिनले गोल गरे ।
जबाफ
१८७ हेरिएको
२ बर्ष अघि
धनुष बाँणले देखाएको जीवनNeelam
Image सानो बेलामा धनुष बाँण देख्दा हानौं-हानौं लाग्ने सबैलाई हुन्छ कि मलाई मात्रै हुन्थ्यो खै थाहा छैन । तर मेरो मनभित्र भने त्यसको रहर बसिरहेको रहेछ । त्यसैले त अहिले हुर्किसकेपछि आर्चरी खेलाडी बनाएको छ । खेलाडी नै बन्छु भन्ने त लागेकै थिएन । सानोमा जिल्लास्तरीय बास्केटबल प्रतियोगिता खेलिरहँदा पनि रहर मात्रै थियो । त्यस्तोमा आर्चरीमा खेलाडी बन्छु भन्ने सोच त कसरी आओस् !
जबाफ
२२४ हेरिएको
२ बर्ष अघि
Image
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
१०३१
२ बर्ष
cron