कुराको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
नेपालद्वारा भारत २–० ले पराजित, अघिल्लो चरणमा प्रवेशकाे सम्भावना बलियोReeshav Sarkar
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ। जितसँगै नेपालले अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ। पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो।
+९
जबाफ
१३११ हेरिएको
२ बर्ष अघि
लेस्टर सिटीका थाई मालिक बिचाईको हेलिकोप्टर दुर्घटनामा गयो ज्यानAnnapurna
Image इङ्गलिस प्रिमियर लिग पूर्व च्याम्पियन लेस्टर सिटीका थाई मालिक अर्बपति विचाई श्रीवादधानप्रभाकोे रङ्गशाला नजिकै भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत वेस्टह्यामसँग घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि मैदानबाट उडेको बिचाई सवार हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
+५
जबाफ
१३४२ हेरिएको
२ बर्ष अघि
अष्ट्रेलिया ८९ रनमै अलआउट, पाकिस्तानको सनसनीपूर्ण जितReehav Sarkar
Image टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियामाथि सनसनीपूर्ण जित निकालेको छ । पाकिस्तानले बुधबार राति सम्पन्न भएको पहिलो खेलमा अष्ट्रेलियालाई ६६ रनले पराजित गर्न सफल भयो । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।
+५
जबाफ
१३४९ हेरिएको
२ बर्ष अघि
नेपाल भारतसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाबreeshav
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले शुक्रबार (आज) चिरपरिचित टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सुरु हुनेछ।
+४
जबाफ
७२६ हेरिएको
२ बर्ष अघि
रियल मड्रिडकाे प्रशिक्षकबाट जुलेन लाेपेतेग्वी बर्खास्तreeshav
Image स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकका रूपमा रहेका जुलेन लाेपेतेग्वीलार्इ बर्खास्त गरेकाे छ । उनलार्इ बर्खास्त गरेसँगै अस्थार्इ प्रशिक्षकका रूपमा सेन्टियागाे साेलारीलार्इ मुख्य प्रशिक्षककाे जिम्मेवारी दिइएकाे छ । स्राेतका अनुसार केही हप्तामै स्थार्इ प्रशिक्षक नियुक्त गर्ने याेजनामा क्लब रहेकाे छ । क्लबका पूर्व प्रशिक्षक जिनेदिन जिदानकाे बहिर्गमनसँगै ४ महिना अघिमात्र रियल मड्रिडले लाेपेतेग्वीलार्इ मूख्य प्रशिक्षककाे रूपमा क्लबमा...पूरा अंश
+४
जबाफ
७८९ हेरिएको
२ बर्ष अघि
पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः महराreeshav
Image सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन्। क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा सुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै महराले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए।हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पुर्याउने सभामुख महराको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई...पूरा अंश
+३
जबाफ
३०३ हेरिएको
२ बर्ष अघि
नेपालको परीक्षा आज , पाँचाै खेलमा पाकिस्तानसँग भिड्दैMakalu
Image थाईल्याण्डमा जारी एएफसी अण्डर १९ वुमन्स च्याम्पियन्सीपको छनोट अन्र्तगत समुह बीको पाँचौ खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको चोनबुरीस्थित अन्तराष्ट्रिय फुटबल मैदानमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे प्रतिस्पर्धा सुरु हुनेछ । कमजोर टोली पाकिस्तानलाई हराउन सके, समुह उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने नेपालको सम्भावना बलियो बन्नेछ । तर आजै हुने समुहको अर्को खेलमा थाईल्याण्डले भारतलाई हराउनुपर्नेछ । पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले पराजित...पूरा अंश
+३
जबाफ
३८२ हेरिएको
२ बर्ष अघि
एल-क्लासिकमा मेस्सी बिनाकाे बार्साको रवाफिलाे जितreeshav
Image ला लीगाको एल-क्लासिकमा बार्सिलोनाले रियल मड्रिडमाथि ५–१ को फराकिलो जित हात पार्‍यो । गएरातीको जितपछि बार्सा १० खेलको समाप्तीमा २१ अंकमा शीर्ष स्थानमा उक्लिएको छ । उसको जितमा लुईस स्वरेजले ह्याट्रिक गरे । थप गोल फिलिप काउटिन्हो र अर्तुरो भिडालले गरे । ३० औ मिनेटमा पहिलो गोल गरेका स्वरेजले ७५ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ५० औ मिनेटमा मार्सेलोले गोल गर्दै गोल रियलको अन्तर घटाएका थिए । जारी सिजन चौथो हार व्यहोरेको रियल भने नवौ स्थानमा झरेको छ ।...पूरा अंश
+२
जबाफ
२५१ हेरिएको
२ बर्ष अघि
स्याङजामा प्याराग्लाइडिङ एक्युरेसी विश्वकप बिहीबारदेखिreeshav
Image स्याङ्जामा आगामी बिहीबारदेखि प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) सुरु हुँदै छ । नेपालमा पहिलो पटक हुन थालेको यो प्रतियोगिताले साहसिक मानिने प्याराग्लाइडिङ खेलको प्रवद्र्धनसहित नेपालमा थप साहसिक पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको अपेक्षा छ। स्याङ्जाको भीरकोट र वालिङ नगरपालिकामा यो स्पर्धा हुँदै छ । भीरकोट–५ स्वरेकबाट उडेर वालिङ– ११ डौंघाफाँटमा अवतरण गर्दै खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पहिलो दिनको उद्घाटनबाहेक तीन दिनसम्म चल्ने प्रतिस्पर्धाका लागि...पूरा अंश
+२
जबाफ
२८१ हेरिएको
२ बर्ष अघि
स्वारेज चम्किँदा लिग लिडर बार्सिलोनाको जितreeshav
Image लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे । त्यस्तै, ओसुमाने डेम्बेलेले १ गोल गरे । यता, भालेसानोका लागि भने जोसे पोजो र अल्भारो ग्रासियाले गोल गरेका थिए । खेलको ११औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ३५औं मिनेटमा पोजोले गोल गर्दै भालेसानोलाई १–१ गोलको बराबरीमा...पूरा अंश
+२
जबाफ
३३९ हेरिएको
२ बर्ष अघि
सन्दीप पाकिस्तान सुपर लिग खेल्नेreeshav
Image नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्ने भएको छ । मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले सन्दीपलाई अनुबन्ध गरेको हो । सन्दीपलाई लाहोरले गोल्ड क्याटागोरीबा पहिलो नम्बरमा टिममा लिएको हो । सन्दीपले न्यूनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् ।
+२
जबाफ
३२७ हेरिएको
२ बर्ष अघि
पीपीएल : काठमाडौं विरूद्धकाे खेलमा पराजित भएसँगै विराटनगर प्रतियाेगिताबाट बाहिरियाेreeshav
Image काठमाडौं रोयल्सले विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिगमा दिएको १ सय ५० रनको लक्ष्य ५ विकेटको क्षतिमा प्राप्त गरेको छ । काठमाडौं रोयल्सका गौरभ तोमारले अर्धशतकीय पारी खेलेपछि काठमाडौंले सहज जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनाएका थियो ।
+२
जबाफ
२६३ हेरिएको
२ बर्ष अघि
ओलम्पिकमा सहभागी हुन महिला टोली म्यानमार प्रस्थानSandesh
Image महिला ओलम्पिक फुटबलको एसियाली छनोटमा सहभागी हुन महिला टोली आज चीनबाट म्यानमार जाँदैछ । चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली सोझै म्यानमार जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलमा नेपाली टोलीले २ मा जित र १ मा हार व्यहोरेको थियो । मैत्रीपूर्ण खेलका लागि चीन गएका २२ सदस्यीय टोलीबाट ५ जना खेलाडी स्वदेश फर्कने छन् भने १९ वर्ष मुनिका ३ जना खेलाडी अञ्जना मगर, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन म्यानमार पुग्ने एन्फाले जनाएको छ ।
+२
जबाफ
३२९ हेरिएको
२ बर्ष अघि
आईसीसी क्रिकेट विश्वकप ट्रफी शुक्रबार नेपाल आइपुग्नेReehav Sarkar
Image काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप ट्रफी शुक्रबार नेपाल आइपुग्ने भएको छ । क्रिकेटका शक्तिशाली राष्ट्रहरू भारत र पाकिस्तानसहित बंगलादेश भ्रमण गरिसकेको विश्वकप ट्रफीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल ल्याउन लागेको हो । नेपालमा क्रिकेटको विश्वकप ट्रफी पहिलोपल्ट आउँदै छ ।
+२
जबाफ
२४५ हेरिएको
२ बर्ष अघि
हार्‍यो सन्दीपको टिम मेलबर्नAchyut
Image नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको आफ्नो पहिलो खेलमा पराजित भएको छ । शुक्रबार भएको खेलमा सन्दीपको टिम मेलबर्न डकवर्थ लेविस मेथोडमा सिड्नी थन्डर्ससँग १५ रनले पराजित भएको हो । मेलबर्नले १८२ रनको चुनौती पछ्याउँदै ब्याटिङ थालेको पहिलो ओभरमै पानी परेपछि खेल आठ ओभरमा छोट्याइएको थियो ।
+१
जबाफ
२७२ हेरिएको
२ बर्ष अघि
प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप लामिछानेreeshav
Image ‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।’उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो र नेपाली प्रसंशक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् । ‘म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु । मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्न सक्छ । मलाई माया...पूरा अंश
+१
जबाफ
२६० हेरिएको
२ बर्ष अघि
साफ महिला च्याम्पियनसिप विराटनगरमा हुनेNeelam
Image साफ महिला च्याम्पियनसिप फुटबल विराटनगरमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो पटक ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौं उपत्यकाबाहिर आयोजना गर्न लागेको हो । यही फागुन २८ देखि चैत्र ८ गतेसम्म विराटनगरको शहीद रंगशालामा साफ महिला च्याम्पियनसिप आयोजना हुने एन्फाले जानकारी दिएको हो ।
+१
जबाफ
२०४ हेरिएको
२ बर्ष अघि
टस गर्ने सिक्का बिर्संदा निलम्बित भए रेफ्रीPrajwal
Image इंग्ल्याण्डमा महिला सुपर लिगको एक खेलमा बल कसले चलाउने भन्ने निर्णय लिन रेफ्री डेभिड म्याकनामाराले ‘रक, पेपर, सिजर’ खेलाएर निर्णय लिँदा निलम्बित हुनु परेको छ । म्यानचेस्टर सिटी र रिडिङबीचको खेलमा बल कसले चलाउने भन्ने निर्णय लिन म्याकनामाराले ‘रक, पेपर, सिजर’ खेलाएका थिए । खेल सुरु हुनुअघि बल चलाउने निर्णय गर्न सिक्का टस गर्नुपर्नेमा सिक्का ल्याउन बिर्सिएकाले उनले त्यस्तो खेलबाट निर्णय लिएको बताएका छन् । फुटबल एशोसिएशनले खेलको मर्म विपरीत काम गरेकाले उनलाई तीन...पूरा अंश
+१
जबाफ
२०० हेरिएको
२ बर्ष अघि
फुटबल प्रशिक्षक मेघराजः जुन क्लब समात्यो, त्यहीँ उपाधिAnusha
Image खेलाडी जीवनमा धेरै खाले जोखिम हुन्छन् । त्यही जोखिमको चक्रब्युहमा परेर कतिपयले आफ्नो खेल करिअर अन्त्य गर्नुपर्ने बाध्यता पनि आउँछ । यसकै एक प्रतिनिधि पात्र हुन्, मेघराज केसी । पहिलोपटक राष्ट्रिय फुटबल टिममा छानिँदा मेघराज मात्र १७ वर्षका थिए । उनको खेल कौशलले सबैलाई प्रभावित बनाएको थियो र सबैले उनलाई फ्यूचर स्टारका रुपमा हेरेका थिए ।तर, एउटा आकस्मिक घटनाले उनको राष्ट्रिय टिमबाट नमिठो बहिर्गमन भयो । त्यसबेला अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापा थिए...पूरा अंश
+१
जबाफ
१९३ हेरिएको
२ बर्ष अघि
मेस्सीविनै मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जितAnkit
Image कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सीविनै मैदानमा उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित हात पारेको छ । बुधबार बिहान आफ्नै घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । मेक्सिकोविरुद्धको खेलमा भने नियमित कप्तान तथा विश्वका महान फुटबलर मेस्सी भने थिएनन् ।
+१
जबाफ
२१९ हेरिएको
२ बर्ष अघि
Image
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
१२४३
२ बर्ष
cron