कुराको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
अष्ट्रेलिया ८९ रनमै अलआउट, पाकिस्तानको सनसनीपूर्ण जितReehav Sarkar
Image टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियामाथि सनसनीपूर्ण जित निकालेको छ । पाकिस्तानले बुधबार राति सम्पन्न भएको पहिलो खेलमा अष्ट्रेलियालाई ६६ रनले पराजित गर्न सफल भयो । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।
+५
जबाफ
१३४८ हेरिएको
२ बर्ष अघि
लेस्टर सिटीका थाई मालिक बिचाईको हेलिकोप्टर दुर्घटनामा गयो ज्यानAnnapurna
Image इङ्गलिस प्रिमियर लिग पूर्व च्याम्पियन लेस्टर सिटीका थाई मालिक अर्बपति विचाई श्रीवादधानप्रभाकोे रङ्गशाला नजिकै भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत वेस्टह्यामसँग घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि मैदानबाट उडेको बिचाई सवार हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
+५
जबाफ
१३३० हेरिएको
२ बर्ष अघि
नेपालद्वारा भारत २–० ले पराजित, अघिल्लो चरणमा प्रवेशकाे सम्भावना बलियोReeshav Sarkar
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ। जितसँगै नेपालले अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ। पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो।
+९
जबाफ
१३१० हेरिएको
२ बर्ष अघि
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
Image धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
जबाफ
१२४२ हेरिएको
२ बर्ष अघि
रियल मड्रिडकाे प्रशिक्षकबाट जुलेन लाेपेतेग्वी बर्खास्तreeshav
Image स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकका रूपमा रहेका जुलेन लाेपेतेग्वीलार्इ बर्खास्त गरेकाे छ । उनलार्इ बर्खास्त गरेसँगै अस्थार्इ प्रशिक्षकका रूपमा सेन्टियागाे साेलारीलार्इ मुख्य प्रशिक्षककाे जिम्मेवारी दिइएकाे छ । स्राेतका अनुसार केही हप्तामै स्थार्इ प्रशिक्षक नियुक्त गर्ने याेजनामा क्लब रहेकाे छ । क्लबका पूर्व प्रशिक्षक जिनेदिन जिदानकाे बहिर्गमनसँगै ४ महिना अघिमात्र रियल मड्रिडले लाेपेतेग्वीलार्इ मूख्य प्रशिक्षककाे रूपमा क्लबमा...पूरा अंश
+४
जबाफ
७८८ हेरिएको
२ बर्ष अघि
नेपाल भारतसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाबreeshav
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले शुक्रबार (आज) चिरपरिचित टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सुरु हुनेछ।
+४
जबाफ
७२६ हेरिएको
२ बर्ष अघि
डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा प्रवेशSandesh
Image क्यामरुनको डफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा विहीबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा रुपन्देही एघारलाई २-० गोलअन्तरले पराजित गर्दै डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
-१
जबाफ
७०० हेरिएको
२ बर्ष अघि
टोटेनह्याम च्याम्पियन्स लिगको क्वाटरफाइनलमाAnusha
Image जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० ले स्तब्ध पार्दै इङ्लिस क्लब टोटेनह्याम च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ३–०को जित निकालेको टोटेनह्याम दोस्रो लेगमा १–० ले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गर्यो।
-१
जबाफ
५७१ हेरिएको
२ बर्ष अघि
रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरियोAnusha
Image साविक विजेता रियल मड्रिड युरोपिएन च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। युरोपको सर्वाधिक १३ पटकको विजेता रियल मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब आयाक्सँग ४–१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।
-१
जबाफ
५२३ हेरिएको
२ बर्ष अघि
नेपालको परीक्षा आज , पाँचाै खेलमा पाकिस्तानसँग भिड्दैMakalu
Image थाईल्याण्डमा जारी एएफसी अण्डर १९ वुमन्स च्याम्पियन्सीपको छनोट अन्र्तगत समुह बीको पाँचौ खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको चोनबुरीस्थित अन्तराष्ट्रिय फुटबल मैदानमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे प्रतिस्पर्धा सुरु हुनेछ । कमजोर टोली पाकिस्तानलाई हराउन सके, समुह उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने नेपालको सम्भावना बलियो बन्नेछ । तर आजै हुने समुहको अर्को खेलमा थाईल्याण्डले भारतलाई हराउनुपर्नेछ । पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले पराजित...पूरा अंश
+३
जबाफ
३८१ हेरिएको
२ बर्ष अघि
विश्वकप २०१८: नेपाली प्रशंसकका रोचक गतिविधिbiratnagar
Image विश्वकप फुटबलको लहरले नेपाली फुटबलप्रेमीहरूलाई पनि छोएको छ। उनीहरू रुसमा आयोजित खेलहरू हेर्छन्, तिनबारे उपलब्ध सामग्री पढ्छन् र सामाजिक सञ्जाल एवम् व्यक्तिगत कुराकानीमा पनि विश्वकपकै चर्चा गर्छन्। आफूले समर्थन गरेको टोलीले जितोस् भन्ने चाहना हुनु स्वाभाविकै हो। तर कतिपय समर्थकको गतिविधि त्यतिमा मात्रै सीमित छैन। मन पर्ने टोलीको विजयको कामना गर्दै कसैकसैले अस्वाभाविक लाग्ने गतिविधि पनि गरेको भेटिएको छ।
जबाफ
३३४ हेरिएको
३ बर्ष अघि
स्वारेज चम्किँदा लिग लिडर बार्सिलोनाको जितreeshav
Image लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे । त्यस्तै, ओसुमाने डेम्बेलेले १ गोल गरे । यता, भालेसानोका लागि भने जोसे पोजो र अल्भारो ग्रासियाले गोल गरेका थिए । खेलको ११औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ३५औं मिनेटमा पोजोले गोल गर्दै भालेसानोलाई १–१ गोलको बराबरीमा...पूरा अंश
+२
जबाफ
३३४ हेरिएको
२ बर्ष अघि
ओलम्पिकमा सहभागी हुन महिला टोली म्यानमार प्रस्थानSandesh
Image महिला ओलम्पिक फुटबलको एसियाली छनोटमा सहभागी हुन महिला टोली आज चीनबाट म्यानमार जाँदैछ । चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली सोझै म्यानमार जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलमा नेपाली टोलीले २ मा जित र १ मा हार व्यहोरेको थियो । मैत्रीपूर्ण खेलका लागि चीन गएका २२ सदस्यीय टोलीबाट ५ जना खेलाडी स्वदेश फर्कने छन् भने १९ वर्ष मुनिका ३ जना खेलाडी अञ्जना मगर, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन म्यानमार पुग्ने एन्फाले जनाएको छ ।
+२
जबाफ
३२९ हेरिएको
२ बर्ष अघि
सन्दीप पाकिस्तान सुपर लिग खेल्नेreeshav
Image नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्ने भएको छ । मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले सन्दीपलाई अनुबन्ध गरेको हो । सन्दीपलाई लाहोरले गोल्ड क्याटागोरीबा पहिलो नम्बरमा टिममा लिएको हो । सन्दीपले न्यूनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् ।
+२
जबाफ
३२७ हेरिएको
२ बर्ष अघि
यु–१९ महिला च्याम्पियनसिप छनोट : नेपालद्वारा पाकिस्तान पराजितreeshav
Image नेपालले थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोश्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। आइतबार भएको खेलमा पाकिस्तानलाई ९–० गोलले पराजित गर्दै नेपालले छनोट चरण अन्तर्गतको दोश्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको हो। नेपाल अर्को चरणमा प्रवेश गर्ने वा नगर्ने भन्ने टुङ्गो भने आइतबार नै हुने आयोजक थाइल्याण्ड र भारतबीचको खेलले लगाउनेछ। सो खेल बराबरी भए वा भारत पराजित भए नेपाल अर्को चरण प्रवेश गर्नेछ।
+१
जबाफ
३२२ हेरिएको
२ बर्ष अघि
कोमलबहादुर पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डAnkit
Image क्रिकेट खेलाडी संघले आयोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कोमलबहादुर पाण्डेलाई दिइएको छ । नेपाली क्रिकेटमा लामोसमयसम्म जीवन विताएका पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।
जबाफ
३१२ हेरिएको
२ बर्ष अघि
पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः महराreeshav
Image सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन्। क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा सुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै महराले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए।हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पुर्याउने सभामुख महराको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई...पूरा अंश
+३
जबाफ
३०३ हेरिएको
२ बर्ष अघि
रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडीAnkit
Image रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे ।
जबाफ
३०२ हेरिएको
२ बर्ष अघि
दिपेन्द्र र ट्रिगोको उत्कृष्ट प्रदर्शनमा धनगढीद्वारा पोखरा २ विकेटले पराजितAnkit
Image पोखरा पल्टनलाई रोमाञ्चक खेलमा २ विकेटले पराजित गर्दै धनगढी ब्लुजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। धनगढीको जितमा कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने। लगातार विकेट गुमाइरहेको धनगढीको स्कोर दिपेन्द्रले उकास्तै टोलीलाई महत्वपूर्ण जित दिलाए। दिपेन्द्रले ४९ रनको नटआउट पारी खेले। उनले २६ बल खेल्दै ४ चौंका र ४ छक्का प्रहार गरे। १६.३ ओभरमा आठौं विकेट गुमाउँदै दबाबमा परेको धनगढीका लागि त्यसपछि ब्याटिङ गर्न आएका रोबिन...पूरा अंश
+१
जबाफ
२८६ हेरिएको
२ बर्ष अघि
स्याङजामा प्याराग्लाइडिङ एक्युरेसी विश्वकप बिहीबारदेखिreeshav
Image स्याङ्जामा आगामी बिहीबारदेखि प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) सुरु हुँदै छ । नेपालमा पहिलो पटक हुन थालेको यो प्रतियोगिताले साहसिक मानिने प्याराग्लाइडिङ खेलको प्रवद्र्धनसहित नेपालमा थप साहसिक पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको अपेक्षा छ। स्याङ्जाको भीरकोट र वालिङ नगरपालिकामा यो स्पर्धा हुँदै छ । भीरकोट–५ स्वरेकबाट उडेर वालिङ– ११ डौंघाफाँटमा अवतरण गर्दै खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पहिलो दिनको उद्घाटनबाहेक तीन दिनसम्म चल्ने प्रतिस्पर्धाका लागि...पूरा अंश
+२
जबाफ
२८१ हेरिएको
२ बर्ष अघि
Image
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
१२४२
२ बर्ष
cron