कुराको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
गोविन्दराज जोशी ५ वर्षका लागि कांग्रेसबाट निस्काशितNepali Babu
Image नेपाली कांग्रेसले नेता गोविन्दराज जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरेको छ । जोशीले प्रतिनिधिसभा चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ सभापतिलाई पत्र लेख्दै पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र संघीय संसदमा जिल्लामा विद्रोही उम्मेदवार बनेका, प्रस्तावक र समर्थकहरु पार्टी सदस्य नरहेको जानकारी दिएको छ ।
जबाफ
१६५ हेरिएको
२ बर्ष अघि
गण्डकी प्रदेशले दियो माघ १ मा बिदाNepali Babu
Image गण्डकी प्रदेश सरकारले माघे सक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमुहरुको पर्व (१५ पुस/ह्लोसार) को अवसरमा बिदा दिएको गण्डकी प्रदेशले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरी सार्वजनि बिदा निर्णय गरेको सरकारबा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
जबाफ
१९७ हेरिएको
२ बर्ष अघि
तातोपानी नाका: चिनियाँ पक्ष अहोरात्र काममा, नेपाली पक्ष चुपचापChitwan
Image विनाशकारी भूकम्पपछि नेपाल–चीनबिचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार बन्द भएको आगामी बैशाखमा चार वर्ष पुरा भएर पाँचौ वर्षमा टेक्दैछ । ५ वर्ष लाग्दा नलाग्दै नाका खुलाउन चिनिँया पक्षले जोडतोडले काम गरिरहेको छ तर, नेपाली पक्षले भने खासै तत्परता देखाएको छैन । बाह्रविसे नगरपालिकाको खुर्सानीबारीदेखि मितेरी पुलसम्म २६ किलोमिटर लामो सडक छ । भूकम्प, भोटेकोशीमा आएको बाढी र पहिरोले खण्डहर बनेको सडकको रुप फेर्न चिनियाँ पक्ष लागिपरेको हो ।
जबाफ
१८२ हेरिएको
२ बर्ष अघि
सरकारी अस्पतालको जग्गामा निजीको रजाइँ !Chitwan
Image सरकारी स्वामित्वमा रहेको भरतपुर अस्पतालको जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ । जग्गा अतिक्रमण गर्नेमात्रै होइन, यहाँको एक निजी मेडिकल कलेजले त सरकारी स्वामित्वमा रहेको अस्पतालको जग्गा बैंकमा धितो राखेर १ अर्ब ३५ करोड ६ लाख २३ हजार ऋण निकालेको छ । भरतपुर कलेज अफ मेडिकल (पुरानो मेडिकल कलेज) ले सरकारी अस्पतालको जग्गा मालपोत कार्यालयमा रोक्का राखेर नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण निकालेको हो ।
जबाफ
१८५ हेरिएको
२ बर्ष अघि
‘क्रिसमस टोपी’ बारे श्रृंखलाले भनिन् : रमाइलो गरेको हो, धर्मप्रचार होइनChitwan
Image मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमस टोपी’ बाँडेको तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवर्द्धन गरेको भनेर आलोचना गरेका छन् । मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्र्दैछिन् । त्यसैको सिलसिलामा उनी क्रिसमस आसपासको समयमा सो गाउँ पुगेकी थिइन् ।
जबाफ
१८९ हेरिएको
२ बर्ष अघि
चिठ्ठा परेको भन्दै ठगी गर्ने ३ जना पक्राउreeshav
Image सामाजिक सञ्जाल इमोबाट चिठ्ठा परेको छ भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरहवाका एक जनालाई २५ लाख भारतीय रुपैयाँ परेको छ भन्दै त्यसको आयकर वापत ४५ हजार भारु माग गर्ने ३ जनालाई भैरहवा सिद्धार्थनगर १ बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।
जबाफ
१८० हेरिएको
२ बर्ष अघि
भारतमा बुवाले शौचालय नबनाएको भन्दै छोरीले गरिन् प्रहरीमा उजुरीPrajwal
Image भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छन्। प्रहरीलाई पत्र लेख्दै हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न आग्रह गरेकी हुन्। हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको पनि बताएकी छन्।
जबाफ
१९४ हेरिएको
२ बर्ष अघि
Image
‘क्रिसमस टोपी’ बारे श्रृंखलाले भनिन् : रमाइलो गरेको हो, धर्मप्रचार होइनChitwan
मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमस टोपी’ बाँडेको तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवर्द्धन गरेको भनेर आलोचना गरेका छन् । मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्र्दैछिन् । त्यसैको सिलसिलामा उनी क्रिसमस आसपासको समयमा सो गाउँ पुगेकी थिइन् ।
१८९
२ बर्ष
cron