
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको
वार्ता असफल भएको छ । दुई नेताको वार्ताबाट कुनै साझा समझदारी नबनेको ह्वाइट हाउसले जनाएको छ । ‘यसपटक कुनै समझदारी भएन तर, उनीहरुको आआफ्ना टिमले भविष्यमा वैठकका लागि प्रयास गर्नेछन्,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरले एक विज्ञप्तिमा भनेकी छन् ।