प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
टिकटकमाथि ५७ करोड जरिवानाSandesh
Image छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
जबाफ
१८७६ हेरिएको
४ बर्ष अघि
भारत-पाक तनावः मोदी र इमरानमध्ये कसको पल्ला भारी देखियोSandesh
Image पाकिस्तानबाट भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानको रिहाइसँगै दुई परमाणु शक्ति सम्पन्न देशबीच उत्पन्न तनावमा कमी आउने आशा व्यक्त गरिँदैछ। उक्त पृष्ठभूमिमा प्रश्न उठ्छः यो पूरै सङ्कटका क्रममा धारणाहरूबीचको लडाइँमा आखिर कसको जित भयो?
जबाफ
१४०५ हेरिएको
४ बर्ष अघि
'बिकिनी किलर' भनेर पनि चिनिने शोभराज के सुध्रिएकै हुन्Sandesh
Image विगत १५ वर्षदेखि केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराज पछिल्लो समय 'निकै सुध्रिएको' कारागार प्रशासनका अधिकारीहरूले बताएका छन्। सर्वोच्च अदालतले हालै विद्यमान कानुनी व्यवस्था अनुसार शोभराजलाई कैद छुट दिने वा नदिने भन्ने बारेमा निर्णय लिन सरकारलाई आदेश दिएका बेला केन्द्रीय कारागारको पछिल्लो भनाइ आएको हो।
जबाफ
१४७१ हेरिएको
४ बर्ष अघि
प्याराग्लाइडिङ पर्यटकको फेवातालमा दुःखद अन्त्यSandesh
Image फेब्रुअरी २३ मा ९ जना साथीसहित नेपाल आएका रोमानियाका एड सिजरको मुख्य उद्देश्य थियो प्याराग्लाइडिङ गर्ने । ४२ वर्षीय सिजरले विगतमा साथीहरुसँग यसरी नै नेपालमा प्याराग्लाइडिङ उडाउन आइरहन्थे । स्काई प्याराग्लाइडिङबाट फेब्रअरी २५ देखि ११ मार्चसम्म सराङकोट डाँडाबाट पोखरा बजार नियाल्न सिजरको टोलीले सोलो पर्मिट लियो ।
जबाफ
१५२६ हेरिएको
४ बर्ष अघि
राहत शिक्षकलाई बानेश्वरमा पानीको फोहोराSandesh
Image राहत तथा बालविकास शिक्षकहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा हानेको हो । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रयोग गरेको हो ।
जबाफ
१३८८ हेरिएको
४ बर्ष अघि
भोलि शिवरात्री : कहाँ कहाँ पाइँदैन गाडी चलाउन ?Sandesh
Image महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो ।
जबाफ
१४०७ हेरिएको
४ बर्ष अघि
राजेन्द्र महतोले तलब नदिएको स्वकीय सचिवको आरोपSandesh
Image राजपा नेता तथा सांसद राजेन्द्र महतोका पीए रविन्द्र चौधरीले राजीनामा दिएको घोषणा गरेका छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाको सार्वजनिक घोषणा गरेका हुन् । सांसद महतोले भने चौधरीलाई तीनमहिना अगाडि स्वकीय सचिवबाट नै हटाइसकेको बताएका छन् ।
जबाफ
१३७३ हेरिएको
४ बर्ष अघि
उपसचिव सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेशSandesh
Image सर्वोच्च अदालतले उपसचिव प्रेम सञ्जेलको सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रम मन्त्रालयको नाममा आइतबार अन्तरिम आदेश दिएको हो । निजामती कर्मचारी ऐन विपरित आफ्नो विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको भन्दै सञ्जेल सर्वोच्च गएका थिए ।
जबाफ
११९७ हेरिएको
४ बर्ष अघि
जय शम्भो ! पशुपतिमा बाबा कम भो !!Sandesh
Image फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको एउटा विशेषता हो, बाबा साधु । शिवरात्रीको तीन/चार दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । पशुपति परिसरमा थरीथरीका बाबाहरु भेटिन्छन् । तर, यो वर्ष विगतको तुलनामा बाबाहरु निकै कम देखिएका छन् ।
जबाफ
१४९९ हेरिएको
४ बर्ष अघि
‘मातृकाप्रसाद कोइरालाले कम्युनिस्टको वृद्धभत्ता लिन्न भने’Ankit
Image आधुनिक नेपालको इतिहासमा ०५१ मंसिर १४ गते एउटा पहिलो रेकर्ड बनेको थियो । नेपालमा मात्र नभएर दक्षिण एशियामै पहिलो पटक कम्युनिस्ट पार्टीले चुनाव जितेर सरकार गठन गरेको थियो । पहिलो कम्युनिस्ट सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सहोदर दाजुभाइ बन्नु अर्को संयोग थियो ।
जबाफ
१६२५ हेरिएको
४ बर्ष अघि
राष्ट्रियसभा बैठक दुई दिन सर्‍योAnkit
Image राष्ट्रियसभाको आज मध्यान्ह एक बजेका लागि निर्धारित बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक मंगलबार दुई बजेका लागि सारिएको हो । संसद सचिवालयद्वारा प्रकाशित सूचनामा विशेष कारणवश बैठक सार्नु परेको उल्लेख छ ।
जबाफ
११५४ हेरिएको
४ बर्ष अघि
फेवातालमा प्याराग्लाईडिङ दुर्घटना, एक विदेशी पर्यटकको मृत्युAnkit
Image प्याराग्लाइडिङ गर्दा फेवातालमा खसेर एक विदेशी पर्यटकको मृत्यु भएको छ । सारङकोटबाट उडेका राेमानियाका नागरिक ४२ वर्षीया एड सिजरकाे मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
जबाफ
१३१५ हेरिएको
४ बर्ष अघि
‘भरतमोहनलाई ‘बृद्धभत्ताले नै सम्झाइरहनेछ’Ankit
Image विभिन्न पार्टीका नेताहरुले दिवंगत नेता भरतमोहन अधिकारीलाई सफल अर्थमन्त्रीका रुपमा चित्रण गरेका छन् । अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन नेपाल कम्युनिस्ट पार्टीको कार्यालय धुम्बाराहीमा पुगेका नेताहरुले अधिकारीले अर्थमन्त्री हुँदा ल्याएको ‘बृद्धभत्ता’ र ‘आफ्नो गाउँ आफै‌ं बनाउँ’ जस्ता लोकप्रिय कार्यक्रमलाई नै बढी सम्झिए ।
जबाफ
१०७३ हेरिएको
४ बर्ष अघि
पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्तिAnkit
Image पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए ।
जबाफ
१३८३ हेरिएको
४ बर्ष अघि
किम-ट्रम्प वार्ता: अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धबारे गाँठो नफुक्दा कुनै सहमति हुन सकेनNeelam
Image अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विनासहमति टुङ्गिएको छ। ट्रम्प र किम भियतनामको हनोईमा परमाणु निरस्त्रीकरणबारे छलफल गर्न भेला भएका थिए। यो उनीहरूको दोस्रो शिखर वार्ता थियो।
जबाफ
१११० हेरिएको
४ बर्ष अघि
भारत-पाकिस्तान द्वन्द्व: पाकिस्तानले भारतीय लडाकु विमानका पाइलट फिर्ता गर्नुको अर्थNeelam
Image भारतले पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको स्वागत गरेको छ। भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू 'निकै हर्षित' भएको बताएका छन्। उनलाई शुक्रवार अपराह्ण दुवै देशका पन्जाब राज्यको वाघा-अटारी सीमामा भारतलाई हस्तान्तरण गरिने अपेक्षा गरिएको छ।
जबाफ
१०९२ हेरिएको
४ बर्ष अघि
अभिनन्दन वर्तमान: पाकिस्तानले बुझायो भारतीय वायुसेनाका पाइलट भारतलाईNeelam
Image पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ। भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो। पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए।
जबाफ
११५५ हेरिएको
४ बर्ष अघि
अनलाइनमा गीत सुन्दा वातावरणलाई नोक्सानी !Neelam
Image आजकल मानिसहरु सिधै इन्टरनेटमार्फत गीत संगीत सुन्न चाहन्छन् । यु ट्युब लगायतका भिडियो स्ट्रिमिङ्ग साइटहरुले इन्टरनेटमा गीत सुन्ने तथा भिडियो हेर्नेका लागि निकै सहज बनाइदिएका छन् । तर, केही वर्षअघि सम्म यस्तो सजिलो थिएन । क्यासेट, सिडी तथा अन्य माध्यममा रेकर्ड गरिएका गीतहरु सुन्नुपथ्र्यो, हेर्नुपथ्र्यो ।
जबाफ
१७४७ हेरिएको
४ बर्ष अघि
मापदण्ड बिपरितका ४ औषधिको बिक्रीवितरणमा रोकAyush
Image औषधि व्यवस्था विभागले तीन नेपाली र एक भारतीय कम्पनीले उत्पादन गरेका ४ प्रकारका औषधि मापदण्डअनुसारको नरहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा ललितपुरको बिजयदीप ल्याबोरोटोरिस लिमिटेडले उत्पादन गर्दै आएको महुमेह जोखिम कम गर्ने भी-मेट ५०० (मेटफोरमीन एचसीएआई ट्याबेलट्स आईपी) का चार ब्याचको उत्पादनमा रोक लगाएको हो ।
जबाफ
१६४५ हेरिएको
४ बर्ष अघि
पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न चिनियाँ विज्ञ टोली नेपाल आउँदैAyush
Image नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने भएको छ । ०७२ चैतमा नै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भएपनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन । बिहीबार बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।
जबाफ
१६०१ हेरिएको
४ बर्ष अघि
कुराकानी
विस्तृतमा »
Image
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछRoshan
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
पूरा अंश
-१
२२३८
४ बर्ष
कुराकानी
विस्तृतमा »
cron