
आजकल मानिसहरु सिधै इन्टरनेटमार्फत गीत संगीत सुन्न चाहन्छन् । यु ट्युब लगायतका भिडियो स्ट्रिमिङ्ग साइटहरुले
इन्टरनेटमा गीत सुन्ने तथा भिडियो हेर्नेका लागि निकै सहज बनाइदिएका छन् । तर, केही वर्षअघि सम्म यस्तो सजिलो थिएन । क्यासेट, सिडी तथा अन्य माध्यममा रेकर्ड गरिएका गीतहरु सुन्नुपथ्र्यो, हेर्नुपथ्र्यो ।