प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
पर्यटनमन्त्रीले ‘हावा कुरा’ गरेको महालेखा परीक्षकको दाबीAchyut
Image संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नैतिक संकटमा परेका छन् । वाइडबडीको भुक्तानीबारे मन्त्री अधिकारीले ‘हावा कुरा’ गरेको महालेखा परीक्षकले प्रतिक्रिया दिएका छन् । मन्त्री अधिकारीले मंगलबार संसदीय समितिको बैठकमा बोल्ने क्रममा वाइडबडी विमानको भुक्तानी दिनूपूर्व महालेखा परीक्षकसँग परामर्श गरेको बताएका थिए ।
जबाफ
७७१ हेरिएको
३ बर्ष अघि
प्रचण्ड पहिलो पटक संसदीय समितिको बैठकमाAchyut
Image नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक संसदीय बैठकमा सहभागी भएका छन् । कर्मचारी समायोजन अध्यादेशको विषयमा छलफल गर्न बुधबार आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनी सहभागी भएका हुन् । बैठकमा उनले आफू पहिलो पटक समिति बैठकमा आएको र अब नियमित आउने बताए ।
जबाफ
८११ हेरिएको
३ बर्ष अघि
कर्मचारी समायोजनका लागि आजदेखि आवेदन खुलाAchyut
Image सरकारले कर्मचारी समायोजनका लागि बुधबारदेखि आवेदन खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारदेखि कर्मचारी समायोजनका लागि वेवसाइटमा सूचना प्रकाशित गरेको छ । मन्त्रालयले प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि, साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि, र अध्यादेश...पूरा अंश
जबाफ
७९८ हेरिएको
३ बर्ष अघि
प्रधानमन्त्रीले भने– सांसदलाई द्वारपाले नबनाउनुस्, मन्त्री आकाशबाट खसेका होइनन्Achyut
Image प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको बैठकमा दलका नेता तथा प्रधानमन्त्रीले सांसदहरुबाट मन्त्रीका बारे गुनासो आएको भन्दै यस्तो निर्देशन दिएका हुन् ।
जबाफ
८०१ हेरिएको
३ बर्ष अघि
भावनात्मक रुपमा पूर्वएमालेमा पस्ने प्रचण्डको प्रयासAchyut
Image सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बुधबार दुईघण्टा लामो जवाफ सुनेपछि उत्साहित देखिएका पूर्वएमालेहरुको टिप्पणी छ- प्रचण्डले आफ्नो नेतृत्व क्षमता देखाए । नेकपाको स्थायी कमिटी बैठकमा पूर्वएमालेका माधव नेपाल र केपी शर्मा ओली गुट टक्कराएका थिए । माधव नेपाल गुटका नेताहरुले सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए भने अरुले ओलीको बचाउ ।
जबाफ
८०७ हेरिएको
३ बर्ष अघि
निर्मला हत्या प्रकरण : आरोप स्वीकारेको भनिएका प्रदीप रावल पनि छुटेAchyut
Image निर्मला हत्या प्रकरणमा पछिल्लो पटक मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका युवा प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो । प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।
जबाफ
७८१ हेरिएको
३ बर्ष अघि
जलवायु परिवर्तनसम्बन्धी कानून बनाउन सर्वोच्चको आदेशreeshav
Image सर्वोच्च अदालतले जलवायु परिवर्तन सम्बन्धी छुट्टै ऐन निर्माण गरेर कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको पूर्ण इजलाशले नेपालको संविधानअनुसार जलवायु परिवर्तन सम्बन्धी ऐन बनाउन मंगलबार आदेश दिएको हो ।
जबाफ
८३१ हेरिएको
३ बर्ष अघि
पहिलो पटक पारमाणविक पदार्थ प्रयोग सम्बन्धी ऐन बन्दैreeshav
Image सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थको उपयोग सम्बन्धी विधेयक संसद सचिचवालयमा दर्ता गरेको छ ।पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ ले कृषि, उद्योग, चिकित्साशास्त्र, ऊर्जा उत्पादनलगायत विज्ञान प्रविधिको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र दिगो बिकासको लक्ष्य हासिल गर्न सघाउने सरकारको दावी छ ।
जबाफ
८५७ हेरिएको
३ बर्ष अघि
नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्योreeshav
Image नेपाली कामदारहरु अब रोजगारीका लागि जापान जान पाउने भएका छन् । जापान सरकारले मंगलबार विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ भाषामा सहायता प्रदान गर्नेछन् ।
जबाफ
७९८ हेरिएको
३ बर्ष अघि
गल्ती स्वीकार्दै भारतले भत्कायो दशगजाको सडकreeshav
Image मोरङको दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको सडक भत्काउन थालिएको छ । नेपाली पक्षले दशगजा मिचेर बनाएको सडकको काम रोकेपछि भारतीय पक्षले मंगलबार विहानबाट सडक भत्काउन थालेको हो । मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा भारतले सडक निर्माण सुरु गरेको थियो ।
जबाफ
८१७ हेरिएको
३ बर्ष अघि
पर्यटनमन्त्रीलाई सांसदको प्रश्न– फुटबल किनेको कि जहाज ?reeshav
Image सार्वजनिक लेखा समितिअन्तर्गत वाइडवडी विमान खरीद प्रकरणबारे छानविन गर्न गठित उपसमितिले मंगलबार पर्यटनमन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्णप्रसाद देवकोटालाई बोलाएर छलफल गरेको छ । मन्त्री अधिकारीले संसदीय समितिका धेरै बैठकहरुमा यसबारे जवाफ दिइसकेका छन् । उनले सधैं वाइडबडी खरिद प्रकरणमा कोही दोषी भए कारबाही गरेरै छाड्ने बताउँदै आएका छन् ।
जबाफ
७९५ हेरिएको
३ बर्ष अघि
फेसबुकले बनाउँदैछ क्रिप्टो करेन्सीSandesh
Image सोसल मिडिया कम्पनी फेसबुकले आफ्नै डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको विकास गर्न लागेको छ । त्यस क्रिप्टोकरेन्सीलाई प्रयोगकर्ताले ह्वाट्सएपमार्फत पनि पठाउन सक्नेछन् । फेसबुक एउटा यस्तो ‘स्थिर मुद्रा’ बनाउँदैछ जसलाई प्रयोगकर्ताले फेसबुकको मोबाइल मेसेजिंग सर्भिसमार्फत पैसा पठाउने प्रयोजनमा प्रयोग गर्न सक्नेछन् ।
जबाफ
८६६ हेरिएको
३ बर्ष अघि
धनगढी विमानस्थल एक सातासम्म राति मात्रै सञ्चालन हुनेSandesh
Image धनगढी विमानस्थल आज (मंगलबार) देखि एक सातासम्म राति मात्रै सञ्चालन हुने भएको छ । धावनमार्ग मर्मत सम्भारका लागि विमानस्थलमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम हुने भएकाले राति मात्रै सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरण, धनगढीले जानकारी दिएको छ । वर्षायामको पानीले धावन मार्गमा क्षती पुगेकोले मर्मत सम्भार गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले बताए ।
जबाफ
८५९ हेरिएको
३ बर्ष अघि
देशभर ६०२ स्थानमा प्रहरीको नियमित चेकिङSandesh
Image मुलुकभर दैनिक ६ सय २ स्थानमा नियमित चेकिङ हुने गरेको नेपाल प्रहरीले जनाएको छ । सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेको पत्रकार सम्मेलनमा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै उनले यो संख्या सार्वजनिक गरेका हुन् । खनालका अनुसार नियमित जाँचका लागि ३ हजार ४२ जना प्रहरी अधिकारी खटिएका छन् । त्यस्तै, पिकेट ड्यूटीमा ६ हजार ४ सय २ जना खटिएका छन् ।
जबाफ
८५९ हेरिएको
३ बर्ष अघि
धोनीको पुनरागमन, अष्ट्रेलिया र न्यूजील्यान्डविरुद्ध खेल्नेSandesh
Image भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज तथा न्युजिल्यान्डविरुद्धको एक दिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिममा परेका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको १६ सदस्यीय टोलीमा भारतीय क्रिकेट टिमका धोनीले पनि पुनरागमन गरेका हुन् । यसअघि भारतले वेष्टइण्डिज र अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्दा टिममा धोनी अटाएका थिएनन् ।
जबाफ
८९२ हेरिएको
३ बर्ष अघि
चेल्सी र आर्सनल पनि उपाधि दौडमा- जोर्गेन क्लोपSandesh
Image लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले चेल्सी र आर्सनल पनि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको बताएका छन् । प्रिमियर लिगको १८ वटा खेल सकिएको छ । लिगको आधा खेल सकिदासम्म लिभरपुल ४८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा साविक विजेता म्यान्चेस्टर सिटी लिभरपुलभन्दा चार अंकले पछाडि छ ।
जबाफ
९४८ हेरिएको
३ बर्ष अघि
सिन्धुपाल्चोकका ८ स्थानीय तह र प्राधिकरणबीच समझदारीSandesh
Image भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सिन्धुपाल्चोकका ८ स्थानीय सरकार र पुनर्निर्माण प्राधिकरणबीच समझदारी भएको छ । तर, ३ स्थानीय तहले पुरानै नियम राखिएको भन्दै हस्ताक्षर गर्न इन्कार गरेका छन् । स्थानीय सरकारले पुनर्निर्माणको सबै जिम्मेवारी स्थानीय तहलाई दिन यसअघि आग्रह गरेका थिए । त्यही आग्रहअनुरुप ८ स्थानीय तहबीच समझदारी भएको हो ।
जबाफ
९१२ हेरिएको
३ बर्ष अघि
कर्मचारी अध्यादेश संसद सचिवालयमा, बुधबारदेखि छलफल हुनेSandesh
Image कर्मचारी समायोजन अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ । बुधबारबाट सुरु हुने संसद बैठकमा यसबारे छलफल हुने छ । सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुरेश अधिकारीले अब अध्यादेश संशोधन नहुने बताए । ‘अध्यादेश संशोधन हुने व्यवस्था नै छैन,’ अधिकारीले भने, ‘अहिले जे छ, त्यहीअनुसार नै कर्मचारी समायोजन हुन्छ ।’
जबाफ
८४६ हेरिएको
३ बर्ष अघि
सहसचिवको जेष्ठता सूची सार्वजनिक, पहिलो नम्बरमा चुडामणिSandesh
Image कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो । २२५ जनाको नामावलीको पहिलो नम्बरमा चुडामणि शर्मा छन् । तत्कालिन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् ।
जबाफ
८६४ हेरिएको
३ बर्ष अघि
प्रदेश र स्थानीय तहमा जाने कर्मचारीको सिंहदरबार प्रवेश नरोकिने !Sandesh
Image सरकारले यो साताभित्रै प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीका लागि अनलाइन फारम खुलाउने भएको छ । फारम नभर्ने कर्मचारीले अरुले रोजेर छाडेको ठाउँमा जानुपर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सफ्टवेयर विकास गरेको छ । कर्मचारी समायोजन अध्यादेशविरुद्ध कर्मचारी संघ संगठनहरुले आन्दोलन गरिरहेका बेला सरकारले भने यो साताबाटै समायोजन प्रक्रिया थाल्न लागेको हो ।
जबाफ
८२४ हेरिएको
३ बर्ष अघि
कुराकानी
विस्तृतमा »
Image
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछRoshan
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
पूरा अंश
-१
१९७९
३ बर्ष
कुराकानी
विस्तृतमा »
cron