अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उत्तर कोरियाले
पुन: रकेट प्रक्षेपणस्थल निर्माण गरेको हो भने आफू निराश हुने बताएका छन्। बुधवार सार्वजनिक भएका भू-उपग्रहबाट खिचिएका तस्बिरहरूमा प्योङ्याङले पहिला नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको सो स्थल फेरि बनाउन थालेको सङ्केत देखिएको छ।