विगत १५ वर्षदेखि केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराज पछिल्लो समय 'निकै सुध्रिएको' कारागार प्रशासनका अधिकारीहरूले बताएका छन्। सर्वोच्च अदालतले हालै विद्यमान कानुनी व्यवस्था अनुसार
शोभराजलाई कैद छुट दिने वा नदिने भन्ने बारेमा निर्णय लिन सरकारलाई आदेश दिएका बेला केन्द्रीय कारागारको पछिल्लो भनाइ आएको हो।