जतिबेला म कमलरीका रुपमा कसैको घरमा बँधुवा श्रमिकका रुपमा काम गर्थें, त्योबेला नारी दिवस मेरो जानकारीसम्म आइपुगेको थिएन । जब म अधिकारका लागि संगठित हुँदै बाहिरी समाजको सम्पर्कमा पुगेँ त्यसपछिमात्र
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे जानकारी भयो । पछिल्लो समय ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने कि अन्तर्राष्ट्रिय नारी दिवस भन्ने दुविधामा छु ।