टेलिभिजन दुनियाँका लागि
मौनी रोयको नाम अपरिचित होइन । उनी, ‘नागिन’ जस्तो सफल सिरियलकी मुख्य पात्र हुन् । उनै, मौनी अहिले चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । उनले, बलिउड चलचित्र ‘गोल्ड’बाट ठूलो पर्दामा पाइला राखेकी थिइन् । यो चलचित्रमा नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेकी मौनी खुशीले दंग छिन् ।