साविक विजेता रियल मड्रिड युरोपिएन
च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। युरोपको सर्वाधिक १३ पटकको विजेता रियल मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब आयाक्सँग ४–१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।