थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा
नेपालले भारतलाई २–० ले पराजित गरेको छ। जितसँगै नेपालले अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ। पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो।