प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकका रूपमा रहेका जुलेन लाेपेतेग्वीलार्इ बर्खास्त गरेकाे छ । उनलार्इ बर्खास्त गरेसँगै अस्थार्इ प्रशिक्षकका रूपमा सेन्टियागाे साेलारीलार्इ मुख्य प्रशिक्षककाे जिम्मेवारी दिइएकाे छ । स्राेतका अनुसार केही हप्तामै स्थार्इ प्रशिक्षक नियुक्त गर्ने याेजनामा क्लब रहेकाे छ । क्लबका पूर्व प्रशिक्षक जिनेदिन जिदानकाे बहिर्गमनसँगै ४ महिना अघिमात्र रियल मड्रिडले लाेपेतेग्वीलार्इ मूख्य प्रशिक्षककाे रूपमा क्लबमा भित्राएकाे थियाे । लाेपेतेग्वीकाे नेतृत्वमा रियल मड्रिडले सिजनकाे सुरूवातदेखिनै अपेक्षा गरे अनुरूपकाे खेल प्रदर्शन गर्न सकिरहेकाे थिएन । शनिवार राती चिरप्रतिद्वन्दी बार्सिलाेनासँग ५-१ काे लज्जास्पद हार बेहाेरेसँगै उनलार्इ मूख्य प्रशिक्षकबाट बर्खास्त गर्ने निर्णयमा क्लब पुगेकाे जानकारहरू बताउँछन ।
Image
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast :D :D
+४
जबाफ
१४५६ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
cron