प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
भोट हालौं हैnepali
याहाँ आयेर भोट हाल्नु है ।
+१
जबाफ
६६० हेरिएको
८ महिना अघि
कहिले मिल्ला न्याय?Neelam
Image सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्। ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो भइसक्यो।
जबाफ
९९६ हेरिएको
३ बर्ष अघि
‘किसानलाई पेन्सन चाहिएन, तरकारी बेच्ने ठाउँ देऊ’Ankit
Image हेमजाका पीताम्वर त्रिपाठी खेतमा काउली गोड्दैछन् । आलु गोडिसकेपछि उनले त्यहीँ काउली रोपेका थिए, अहिले आलु खन्दा काउली अलि ठूला भइसकेका छन् । यसरी ड्याङमा मिलाएर तरकारी लगाउँदा त्रिपाठीको खेतबारी खाली बस्न पाउँदैन ।अहिले आलु खन्ने बेलामा काउली गोडमेल गर्ने बेला भएको छ ।
जबाफ
८७२ हेरिएको
३ बर्ष अघि
सर्वोच्च साखSandesh
Image सर्वोच्च अदालतको बुधबारको आदेशले नेता, कर्मचारी र बैलियाबीचको गठजोडबाट सिर्जित मुलुककै ठूलो करछली काण्डलाई पटाक्षेप गरेको छ । सामान्यतः कुनै पनि कम्पनीको अंश बिक्री हुँदा पुँजीगत लाभकर मुलुकको ढुकुटीमा पुग्नुपर्छ । देशको प्रमुख दूरसञ्चार कम्पनी एनसेलको स्वामित्व हस्तान्तरण भएपछि प्राप्त हुनुपर्ने पुँजीगत लाभकर राज्य ढुकुटीमा ल्याउन यसबीच गरिएका प्रयास र छलछाम दुवै पक्ष कम रोचक छैनन् ।
जबाफ
९१२ हेरिएको
३ बर्ष अघि
अमेरिका-भेनेजुएला द्वन्द्वको कूटनीतिक खेलमा नेपाल कसरी अल्झियो: विश्लेषणAnusha
Image भेनेजुएला प्रकरणमा 'बाह्य हस्तक्षेपलाई सिधा विरोध गर्ने' नेपालको कदमबाट अमेरिका असन्तुष्ट बनेको छ। अमेरिकाले आफ्नो असन्तुष्टिलाई प्रयोग गरेर नेपाललाई प्रतिरक्षात्मक स्थितिमा पुर्‍याएर आफ्ना चासोका विषयमा फाइदा लिनका लागि खेल्ने स्थान पाएको छ। नेपालले कूटनीतिक मर्यादामा ध्यान नदिँदा अमेरिकाले त्यो स्थान पाएको हो।
जबाफ
९६० हेरिएको
३ बर्ष अघि
ज्ञानेन्द्र शाहले गरेको त्यो गल्ती !Neelam
Image पन्ध्र वर्षअघि आजकै दिन, अर्थात ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले यही वाक्यबाट शाही सम्बोधन अन्त्य गरेका थिए-‘नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामुहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि पनि दोहोर्‍याउन चाहान्छौं ।’
जबाफ
९४३ हेरिएको
३ बर्ष अघि
यसरी चलाउन सक्छ नेपालले आफ्नै पानीजहाजAnkit
Image प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै नेपाली पानीजहाज चलाउने र नेपालमै पानीजहाज चलाउने विषयलाई एउटा मुद्दाकै रूपमा अघि सार्दै आएका छन्। वर्षाको मौसममा पानीमा डुबेका गाडीहरू, कागजका पानी जहाजहरू बनाएर केपी ओलीको पानी जहाज भन्दै सामाजिक सञ्जालहरूमा उनको भनाइलाई ठट्टाका रूपमा पनि उडाइए।
जबाफ
९०३ हेरिएको
३ बर्ष अघि
विजय थापालाई कसले अनसन बसायो ?Ankit
Image पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमा र अभिशेकराज सिंहको टोली बिहीबार साँझ जिल्ला अस्पताल इलाममा पुगेका मात्र के थिए चिकित्सकहरुले भने, ‘डा. केसीलाई तुरुन्त काठमाडौं लैजानुपर्छ, हेलिकप्टरको व्यवस्था गरौं ।’ ८ बजिसकेको थियो, हेलिकप्टर आउने सुनिश्चित हुन सकिरहेको थिएन ।
जबाफ
९२७ हेरिएको
३ बर्ष अघि
पृथ्वीनारायण शाह: मृत्युको कारण 'बाघको आक्रमण' कि रोग?Roshan
Image आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो।
जबाफ
९०८ हेरिएको
३ बर्ष अघि
माघ १ क-कसको पर्व ?reeshav
Image माघ १ को अवसरमा प्रदेश पाँच सरकारले दिएको छ । थारु र मगरको पर्व भनेर आफ्नो प्रदेशमा विदा दिइएको प्रदेश पाँच सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरी बताउँछन् । थारु समुदायले यो पर्वलाई माघीको रुपमा मनाउँदै आएको छ । थारु कल्याणकारी सभाका सहमहामन्त्री मीनराज चौधरीका अनुसार माघी थारुकोहरूको पर्वको पनि पर्व हो ।
जबाफ
९१० हेरिएको
३ बर्ष अघि
बहसमा सःशुल्क लिफ्ट सेवा : प्रविधिको प्रयोग रोक्ने कि कानून सुधार्ने ?reeshav
Image नेपालमा प्रविधि भर्सेस कानुनको बहस फेरि एकपटक सतहमा आएको छ । मोबाइल एपमार्फत सर्वसाधारणले लिने सःशुल्क लिफ्ट सेवालाई सरकारले अवैध घोषणा गरेर कारवाही सुरु गरेपछि बहस चर्किएको हो । बैज्ञानिकहरु नयाँनयाँ प्रयोग गर्छन् र प्रविधि जन्माउँछन् । कतिपय अवस्थामा कानुनको परिधिभन्दा बाहिर गएर पनि आविस्कार भएका छन् । । त्यसैले प्रविधि विज्ञहरु तर्क गर्छन्, ‘पहिले प्रविधि जन्मिन्छ, अनि मात्रै कानून ।’
जबाफ
८७१ हेरिएको
३ बर्ष अघि
छाया सरकारको अभ्यासले कांग्रेसलाई दरिलो प्रतिपक्ष बनाउला?reeshav
Image तिपक्षका रूपमा आफ्नो भूमिका सशक्त पार्न भन्दै नेपाली कांग्रेसले छाया सरकार बनाउने प्रक्रिया अघि बढाएको सो पार्टीका नेताहरूले बताएका छन्।सिंहदरबारमा मङ्गलवार बसेको पार्टीको संसदीय दलको बैठकले छाया सरकारको मन्त्री बन्नका लागि आफ्नो विशेषज्ञता र इच्छा भएका मन्त्रालयहरूको सूचीसहित नाम दर्ता गराउन सांसदहरूलाई निर्देशन दिएको छ।
जबाफ
८१७ हेरिएको
३ बर्ष अघि
सडकमा हामी कति सभ्य ?Ankit
Image बानेश्वर चोक । नजिकै छ, राज्य सञ्चालनका लागि आवश्यक नीति नियम बनाउने र त्यसउपर छलफल गर्ने प्रतिनिधिहरुको थलो संसद भवन । तर, त्यसैको छेउ सडकमा भने सामान्य नीति नियममा ‘नागरिक मजाक’ भेटिन्छ । चारपाङ्ग्रे, दुईपाङ्ग्रे गाडीहरु हुइँकिरहेका छन् । जेब्रा क्रसिङमा पैदल यात्रुले ट्राफिक बत्ती हेरेकै छ नि भन्नेमा ढुक्क छ चालक । तर, पैदल यात्रुलाई त्यत्रो फुर्सद कहाँ ? उनीहरु जहिल्यै हतारमा छन् ।
जबाफ
८६८ हेरिएको
३ बर्ष अघि
रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !reeshav
Image आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु । किनकि, मलाई उहाँका प्रशंसकबाट धेरै गालीगलौचका म्यासेजहरु आएका छन् । धेरैले मलाई नै दोषी देखिरहेका छन् ।
जबाफ
८६८ हेरिएको
३ बर्ष अघि
मन्त्री रविन्द्र अधिकारीमाथि राजनीतिक पूर्वाग्रह साँधिएकै हो ?Sandesh
Image पर्यटनमन्त्री रविन्द्र अधिकारी नेकपाका सम्भावना बोकेका युवा नेता हुन् । कास्कीबाट लगातार सांसद जितेका उनले अघिल्लोपटक विकास समितिको सभापति भएर काम गरे । ओली नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधारमन्त्री बन्ने चर्चा थियो तर, पर्यटनको जिम्मेवारी पाए । त्रिभुवन विमानस्थललाई २१ घन्टा सुचारु बनाउने लगायतका ‘लोकप्रिय’ काम थालेका मन्त्री अधिकारी निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागि सयौं रुख काट्न सहमति दिएपछि आलोचित भएका थिए ।
जबाफ
१००९ हेरिएको
३ बर्ष अघि
'टोपी दिवस': सामाजिक सञ्जालमा देखाउन वा परम्परा जोगाउन?Ayush
Image ज्यानुअरी १ मा विश्वभरि विभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ। नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई 'टोपी दिवस' का रूपमा मनाउने गरिएको छ। नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्।
जबाफ
८६३ हेरिएको
३ बर्ष अघि
कान्छो वाणिज्य बैंकका सीईओः सरकारी जागिर छाडेर ‘प्राइभेट’ तिरRoshan
Image संसारका हरेका मानिसका आ–आफ्नै चाहाना हुन्छन् । सबैका सपना आ–आफ्नै छन् । तर, सबैका सपना पूरा हुन भने सक्दैनन् । कतिले कोशिस गरेर पनि पूरा गर्न सक्दैनन् त कतिले सपना पूरा हुने अपेक्षा गर्छन्, तर कोशिस गर्दैनन् । पेशाको रोजाइमा पनि मानिसका फरक–फरक ईच्छा छन् । कोही जागिरै खान चाँहदैनन् त कोही जागिरकै लागि मरिहत्ते गर्छन् । कसैलाई सरकारी जागिर मनपर्छ त कसैलाई बिजनेश । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने सरकारी जागिरमै बढ्दो आकर्षण छ ।
जबाफ
८५० हेरिएको
३ बर्ष अघि
प्रतिस्थापन ऐन ल्याएर यसरी गर्न सकिन्छ समायोजनAchyut
Image विश्वका हरेक मुलुकले आफ्नो देशको समग्र उन्नती एवं प्रगतिका लागि विभिन्न शासकीय स्वरुप, संरचना र संयन्त्रको व्यवस्था गर्ने गरेका हुन्छन् । नेपालमा पनि तीन तहको निर्वाचन सम्पन्न भएपश्चात राजनीतिक संघीयता कार्यान्वयको चरणमा रहेको भएता पनि राजनीतिक निर्णयलाई कार्यान्वयन गर्ने संयन्त्र कर्मचारीतन्त्रको समायोजन अभावमा प्रशासनिक संघीयता कार्यान्वयन हुन सकेको छैन ।
जबाफ
८३२ हेरिएको
३ बर्ष अघि
कोटेश्वरमा जामः कहिले जाला घाम !reeshav
Image कोटेश्वरबाट पूर्वी क्षेत्रका बासिन्दा काठमाडौं छिर्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । कार्यालय समयमा प‍र्‍यो भने त २/३ घन्टै जाममा बित्छ । सडक जति नै चौडा भए पनि जाम घटेको छैन, बढेको बढ्यै छ । केही समयअघिसम्म सबैभन्दा बढी जामको सूचीमा कलंकी चोक अग्रस्थानमा थियो । अण्डरपास बनेसँगै कलंकी चोकमा अहिले जाममा बस्नुपर्ने बाध्यता घटेको छ । तर, कोटेश्वरमा भने तीनतिरको सडक चौडा भइसक्दा पनि जाम झन् बढेको छ ।
जबाफ
७७६ हेरिएको
३ बर्ष अघि
कांग्रेसले बुझ्नुपर्ने वीपीको सांस्कृतिक चिन्तनreeshav
Image नेपाली कांग्रेसको सहासमितिको बैठकमा देशभरिका कार्यकर्ता जम्मा भएको सुनेर म पनि आफू पढाउने कलेज पद्मकन्याबाट रामशाहपथस्थित एउटा पार्टी प्यालेसमा पुगेकी थिएँ । आजभोलि म पार्टीभित्र प्रत्यक्ष–अप्रत्यक्ष कुनै जिम्मेवारी वा भूमिकामा छैन । तर, साहित्यको विद्यार्थी र वीपी चिन्तनको प्रभावमा परेका कारण मलाई यो दलका कार्यकर्ताले देश बनाउन कस्तो नीति लिइरहेका छन्, जान्न मन लाग्छ ।
जबाफ
७६३ हेरिएको
३ बर्ष अघि
Image
पृथ्वीनारायण शाह: मृत्युको कारण 'बाघको आक्रमण' कि रोग?Roshan
आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो।
-१
९०८
३ बर्ष
cron