प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
घरभित्र खाल्डो खनेर बोरामा लुकाइएको थियो १८ किलो सुन, हेर्नुस् तस्वीरRoshan
Image कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए ।
जबाफ
४९३ हेरिएको
३ बर्ष अघि
सर्वोच्चको आदेश : चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक नबनाउनूAyush
Image सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी राजमार्ग नबनाउन आदेश दिएको छ । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको हो ।
जबाफ
४८९ हेरिएको
३ बर्ष अघि
भारत लैजाँदै गरेको अवैध मदिरा बरामदAnkit
Image जिल्ला प्रहरी कार्यालय महोत्तरीले अबैध मदिरा बरामद गरेको छ । भारततर्फ निकासी गर्न लागिएको एक हजार १३१ बोतल मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । महोत्तरीको पर्सापतैलीबाट जलेश्वर नगरपालिका-५ स्थित सडक बाटो हुँदै भारततर्फ जाँदै गरेको एल३सी.पी.५९३० नम्बरको भारतीय नम्बरको गाडीबाट मदिरा बरामद गरेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
जबाफ
४६८ हेरिएको
३ बर्ष अघि
गायत्री मन्त्रबारे ११ कुरा, किन जप्ने ?Ankit
Image हिन्दु सभ्यतामा गायत्री मन्त्रलाई सबैभन्दा उत्तम र सर्वश्रेष्ठ मानिएको छ । यो एक यस्तो मन्त्र हो, जो हिन्दु धर्ममा आस्था राख्ने मात्र होइन अरु सबै धर्मावलम्बीले पनि जप गर्न सक्छन् । यसको जप गर्नुसँग केही शारीरिक, मानसिक लाभ पनि छ ।
जबाफ
५५० हेरिएको
३ बर्ष अघि
घुस प्रकरणमा न्यायाधीश बानियाँ पनि मुछिएAnkit
Image अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएको छ । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँकै सल्लाह र सहमतिमा घुस लिएको बताएपछि अख्तियारले न्यायाधीशमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएको हो ।
जबाफ
४८९ हेरिएको
३ बर्ष अघि
धमाधम काजमा तानिँदै न्यायाधीशNepali Babu
Image न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्दैछन्। सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन्। उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषद्मा काजमा बोलाइएका हुन्।
जबाफ
५१७ हेरिएको
३ बर्ष अघि
दुईवटा भरुवा बन्दुकसहित दाङमा एकजना पक्राउNepali Babu
Image दाङमा सोमबार राति भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरी टोलीले राजपु गाउँपालिका-७ गन्देलाका ४२ वर्षीय शशिराम पुनलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा लोड बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
जबाफ
४८९ हेरिएको
३ बर्ष अघि
सरकारी कर्मचारीको उमेर हद फरक–फरकNepali Babu
Image एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक फरक तोकिएको छ । निजामती सेवा र स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद फरक–फरक तोकिएको हो । संघीय निजामती सेवा विधेयकमा साविकको जस्तै निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएको छ । निजामती सेवा मातहत ल्याइएको स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद भने ६० वर्ष छ ।
जबाफ
४९३ हेरिएको
३ बर्ष अघि
रोजगार संयोजकका लागि २२ सय ५९ जना सर्ट लिस्टमाNepali Babu
Image श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकका लागि २ हजार २ सय ५९ जना सर्टलिष्ट तयार गरेको छ । मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नाशुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको हो ।
जबाफ
४८८ हेरिएको
३ बर्ष अघि
सहसचिवको समायोजन : संघमा ५६०, प्रदेशमा १०२Nepali Babu
Image सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताए । उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए । आवेदन दिएको आधारमा सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको बताए ।
जबाफ
५०० हेरिएको
३ बर्ष अघि
नेपाल प्रहरी र ‘गुप्तचर’ प्रमुख भारत प्रस्थानNepali Babu
Image नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मंगलबार साँझ भारततर्फ गएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राअविका प्रमुख मुख्य अनुसन्धान निर्देशन गणेशप्रसाद अधिकारी फागुन १ र २ गते हुने आतंकवाद नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन भारत गएका हुन् ।
जबाफ
४९८ हेरिएको
३ बर्ष अघि
साढे दुई करोड धरौटी बुझाएर छुटे गोपाल खड्काNepali Babu
Image नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।
जबाफ
४८६ हेरिएको
३ बर्ष अघि
सरकारको आलोचना गर्न कर्मचारीलाई बन्देजMakalu
Image सरकारी सेवामा रहेका वा नरहेका कर्मचारीहरुले सरकारको आलोचना गर्न नपाउने भएका छन् । साथै आफू सेवामा रहँदा प्राप्त भएका सूचनालाई सार्वजनिक गर्न पनि उनीहरुलाई बन्देज गरिएको छ । यतिमात्र होइन कर्मचारीहरुको परिवारका सदस्यले समेत सरकारको स्वीकृतिविना उपहार वा सापटी लिन पाउने छैनन् ।
जबाफ
४८८ हेरिएको
३ बर्ष अघि
चोरीका मोटरसाइकल जति छिमेकी जिल्लातिरMakalu
Image फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल २०७२ जेठमा पार्किङ गरेको ठाउँबाटै हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्‍यो । मङ्सिर २४ गते पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नं को मोटरसाइकल सुन्धारामा पार्किङ गरेको ठाउँबाट हरायो । उक्त मोटसाइकल पनि भर्खरै ट्राफिक प्रहरीले फेला पारेको छ ।
जबाफ
४८७ हेरिएको
३ बर्ष अघि
यसरी नियन्त्रणमा आयो ललितपुरको आगलागी, हेर्नुस् तस्वीरMakalu
Image ललितपुरको भैंसेपाटीमा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा लागेको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । आगलागइी भएको खबर पाए लगत्तै काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए ।
जबाफ
४८३ हेरिएको
३ बर्ष अघि
एक जना ट्राफिकको भागमा १८ किलोमिटर सडक !Makalu
Image पछिल्लो साता वीरगञ्जमा ट्राफिक प्रहरी अन्य दिनको तुलनामा सक्रिय देखिएका छन् । व्यवस्थित वीरगञ्ज अभियान र ट्राफिक प्रहरी मिलेर वीरगञ्जको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्ने प्रयास थालिएको छ । यस क्रममा मुख्य सडकको घण्टाघरदेखि बिर्ताचोकसम्म अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने, नो पार्किङ क्षेत्रमा पार्किङ गरिएका र फुटपाथमा राखिएका सवारी साधन हटाउने काम तीब्र बनाइएको छ ।
जबाफ
४४७ हेरिएको
३ बर्ष अघि
नेपालमा सिक्का बनाउने मेसिन खोटो भए, सङ्ग्रहालयमा राखिनेNeelam
Image पर्याप्त सीप र प्रविधि रहेको भएपनि पछिल्ला केही वर्षयता नेपालले चलनचल्तीमा रहेका एक र दुई रुपैयाँ दरका सिक्का विदेशमा बनाएर ल्याउने गरेको राष्ट्र ब्याङ्कले जनाएको छ। स्वदेशमा सिक्का बनाउँदा सिक्काको दरभन्दा सिक्का बनाउँदा प्रयोग हुने धातुको मूल्य महङ्गो पर्ने लगायतका कारणले नेपालमा सिक्का बनाउन प्रयोग भएका करोडौँ मूल्यका मेसिन ठप्प प्राय: बनेका छन्।
जबाफ
४३९ हेरिएको
३ बर्ष अघि
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै उप्रेतीले दिए राजीनामाNeelam
Image नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो । उप्रेती पनि एसएसपी बढुवाका लागि प्रबल दाबेदार थिए । तर, उनको नाम परेन ।
जबाफ
४४७ हेरिएको
३ बर्ष अघि
विषादी प्रयोग गर्न इजाजतपत्र लिनुपर्ने, नलिए १ वर्ष कैदNeelam
Image कृषि उत्पादन बढाउनका लागि विषादी प्रयोग गर्दा अब अनिवार्य रुपमा इजाजतपत्र लिनुपर्ने भएको छ । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको हो । ‘जीवनाशक विषादी छर्कने व्यवसाय गर्न चाहने कुनै व्यक्ति, संस्था वा निकायले सो कार्य गर्नुपूर्व केन्द्रबाट इजाजत लिनुपर्ने छ’, विधेयकको दफा ८ मा उल्लेख छ ।
जबाफ
४६७ हेरिएको
३ बर्ष अघि
सरकारी सेवामा खस आर्यको आरक्षण हटाइयोNeelam
Image सरकारी सेवामा खस आर्यको आरक्षण नराखि संघीय निजामती सेवा विधेयक तयार पारिएको छ । संविधान र निर्वाचन कानुनमा खस आर्यलाई पनि आरक्षणको व्यवस्था छ । तर, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा खर्स आर्यलाई आरक्षण नै छैन ।
जबाफ
४६० हेरिएको
३ बर्ष अघि
Image
महाशिवरात्रि पर्वबाट नेपालले लिन सक्ने तीन फाइदाहरू यी हुन्Ayush
नेपालमा महाशिवरात्रि पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रिको बेला काठमाण्डूको पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। तर पशुपतिनाथको भिडको गाथा अर्कै छ। अरु मठ मन्दिरमा हुने भिडसँग महाशिवरात्रिको बेला पशुपति क्षेत्रमा हुने भिडको तुलना हुन नसक्ला।
-१
७६०
३ बर्ष
cron